दमक ।
कृषि विकास बैंक दमक शाखाले सामाजिक उत्तरदायित्व कार्यअन्तर्गत झापाको कमल ५ स्थित सिद्धदेवी आधिारभूत विद्यालयलाई कप्युटरसहित शैक्षिक सामग्री प्रदान गरेको छ ।
सोमबार विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी बैंकका तर्फबाट दुई थान कम्पुटरसहित कापी, कलम, पेन्सिललगायत सामग्री हस्तान्तरण गरिएको कृषि विकास बैंक दमक शाखाका प्रबन्धक हर्कमाया चौहानले जानकारी दिइन् ।
बैंकको सानो सहयोगले शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्य गरिँदै आएको बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र राईको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक कौशिला पौडेलले स्वागत गरेकी थिइन् । अध्यक्ष राईले शैक्षिक सामग्री उपलब्ध गराइदिने बैंक परिवारलाई धन्यवाद र आभार व्यक्त गरेका थिए ।
सो कार्यक्रममा बैंकका कर्मचारीहरु मन्दिप राई, रविन भट्टराई र भानु गुरुङ सहभागी थिए ।




