आजको मिति: बिहिबार, जेठ १४, २०८३
१०:१० बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:

पार्टी परिवर्तन गरेपछि दुई वडाध्यक्षको पद खोसियो

Infinite Scroll Ad

निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित गुल्मीका दुई जना वडाध्यक्षलाई पदमुक्त गरेको छ ।

नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचित भएका मुसिकोट नगरपालिकाको वडा नम्बर–२ का वडाध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिकाको वडा नम्बर–३ का वडाध्यक्ष पदमबहादुर विष्टलाई पदमुक्त गरिएकाे आयोगले जनाएको हाे ।

उनीहरूले दल परित्याग गरेपछि वडा अध्यक्षकाे पद रिक्त भएको छ । 

Sidebar Premium Ad

आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपखफा (१) तथा नियमावली २०७४ को नियम २२ बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयका आधारमा पद रिक्त भएको जनाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले दुवै वडाध्यक्ष अन्य दलमा प्रवेश गरेको निर्णय निर्वाचन आयोगलाई दिएपछि आयोगले दुवै वडाध्यक्षको पद रिक्त रहेको जनाएको हो ।

707693801_2729141367-1779957114.jpg

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *