आजको मिति: बिहिबार, जेठ १४, २०८३
०९:०८ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
पार्टी परिवर्तन गरेपछि दुई वडाध्यक्षको पद खोसियो|जेन–जी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनमा कांग्रेसको धारणा सार्वजनिक|सुनचाँदीको भाउमा भारी गिरावट|आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णयप्रति मेयर्स फोरमको आपत्ति|गौरादहमा स्कुल बसले किच्दा ४ वर्षीय बालकको मृत्यु|जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै|रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही गर्न आयाेगकाे सिफारिस|मानवअधिकार आयोगले भन्यो– पेट्रोल बमसहितको टोलीले जेन–जी आन्दोलनको योजना बनाएको थियो|नयाँ कानुन बनाएर ओली लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्‌न नदिन आयोगको सिफारिस|जेन–जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि अनुसन्धान गर्न सिफारिस|

सुनचाँदीको भाउमा भारी गिरावट

Infinite Scroll Ad

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा पाँच हजार पाँच सय र चाँदीको दुई सय १५ रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँ रहेको थियो । 

Sidebar Premium Ad

यता बुधबार प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *