आजको मिति: बुधबार, जेठ १३, २०८३
१२:३० बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै|रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही गर्न आयाेगकाे सिफारिस|मानवअधिकार आयोगले भन्यो– पेट्रोल बमसहितको टोलीले जेन–जी आन्दोलनको योजना बनाएको थियो|नयाँ कानुन बनाएर ओली लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्‌न नदिन आयोगको सिफारिस|जेन–जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि अनुसन्धान गर्न सिफारिस|जेन–जी आन्दोलनमा सेनाको भूमिका शंकास्पद, आयोगको अनुसन्धानमा पनि असहयोग|सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन आगजनी र मानवीय क्षतिमा नेपाली सेनाको कमजोरी भएको ठहर|संविधानमा अधिकार, सडकमा तिरस्कार|‘जनप्रतिनिधिमा दम्भ र आर्थिक लोभ भए नागरिकमा वितृष्णा जाग्छ’|युट्युबसिं फत्तेले मौन वर्त तोडेपछि|

कमल गाउँपालिकाले तय गर्‍यो ट्याक्टर जोताइ सेवा शुल्क

Infinite Scroll Ad

झापा

कमल गाउँपालिकाले ट्याक्टरबाट गरिने जोताइ सेवामा शुल्कको एकरूपता कायम गर्ने निर्णय गरेको छ । गाउँपालिकाले बुधबार सूचना जारी गर्दै पालिकाभित्र सञ्चालन हुने ट्याक्टर जोताइ सेवाको न्यूनतम शुल्क निर्धारण गरिएको जनाएको हो ।

गाउँपालिकाका अनुसार जेठ ११ गते व्यवसायी, कृषक, प्राविधिक कर्मचारी तथा जनप्रतिनिधिको उपस्थितिमा बसेको बैठकले सेवा शुल्क निर्धारण गरेको हो । इन्धन आपूर्तिमा सहजता र मूल्य परिवर्तनका आधारमा आगामी दिनमा शुल्क परिमार्जन गरिने पनि सूचनामा उल्लेख छ ।

Sidebar Premium Ad

निर्धारित शुल्कअनुसार कल्टिभेटरबाट जोताइ गर्दा प्रतिघण्टा २ हजार ४ सय रुपैयाँ, तावा हलोबाट जोताइ गर्दा २ हजार ५ सय रुपैयाँ तथा रोटाभेटरबाट जोताइ गर्दा २ हजार ६ सय रुपैयाँ सेवा शुल्क कायम गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सम्बन्धित सबै सेवा प्रदायक तथा कृषकलाई निर्धारण गरिएको शुल्कअनुसार सेवा लिन दिन आग्रह गरेको छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *