आजको मिति: सोमबार, जेठ ११, २०८३
०३:२५ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
पिताम्बर खड्काको मृत्यु प्रकरण: परिवारलाई करोडौं अफर, श्रीमतीलाई जागिरको प्रलोभन|सर्वोच्चले भन्यो– देउवा दम्पतीलाई पक्राउ नगर्नू|ईयूका गैरआवासीय राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री साह|‘जनआस्थाले समाचार लेख्न पैसा लिएको’ आरोपबारे सम्पादक श्रेष्ठको खण्डन, छानबिन गर्न चिनियाँ दूतावासको आग्रह|डियुटिमा खटिएका प्रहरी सहायक निरीक्षक (असइ) को निधन|नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश|सरकारले तोक्यो वर्षे धानको मूल्य, कुनको कति ?|सभापतिको भारत भ्रमणमा प्रधानमन्त्रीको कुनै सम्बन्ध छैनः मन्त्री पोखरेल|दमकमा उमेर पुगेकालाई होटलमा बस्न रोक छैन : डीएसपी बस्नेत|‘लुसिफर राइजिङ’ नाटक रोकिएपछि रास्वपाका सांसद कार्की|

पिताम्बर खड्काको मृत्यु प्रकरण: परिवारलाई करोडौं अफर, श्रीमतीलाई जागिरको प्रलोभन

Infinite Scroll Ad

मोरङको विराटनगरमा रहेको ग्लोबल आइएमई बैंकका शाखा प्रमुख पिताम्बर खड्काको मृत्यु प्रकरणले गम्भीर मोड लिएको छ । खड्काको मृत्युपछि सार्वजनिक भएका विवरण र जाहेरीका आधारमा घटनामा आर्थिक चलखेल र दबाबको प्रयास भएको आरोप लागेको छ ।

खड्काले मृत्यु अघि बैंकका सीइओ सुरेन्द्र कुमार रेग्मीसहितका उच्च अधिकारीहरूको तस्बीर सार्वाजनिक गर्दै फेसबुकमा स्टाटस लेखेको र त्यसको केही घण्टामै उनी मृत अवस्थामा भेटिएपछि बैंकका उच्च अघिकारी अनुसन्धानको धेरामा तानिएका छन् । सीइओ रेग्मीसहितका ४ जना अधिकारी विरुद्द जाहेरी दर्ता भई अनुसन्धान भइरहेको प्रहरी बताउँछ । तर, सीइओ सहितका अघिकारी हालसम्म पनि पक्राउ नपर्नुले प्रहारी अनुसन्धानको निश्पक्षतामै प्रश्न उठाउन थालिएको छ ।

मृतक खड्का परिवार निकट एक सदस्यका अनुसार बैंकका उच्च अधिकारीहरूले मुद्दा मिलाउन उनले लिएको होम लोन मिनाहा गरिदिने, एक करोड रुपैयाँ नगद र खड्काकी श्रीमतीलाई ग्लोबल आईईमइ बैंकमै जागिर दिने प्रस्ताव गरेको छ । तर, बैंकका उच्च अधिकारीको उक्त प्रस्तावमा परिवारभित्रै सहमति छैन । ती सदस्यका अनुसार जाहेरकर्ता रहेका खड्काका बाबु–आमाले कुनै पनि आर्थिक सम्झौता स्वीकार नगर्ने अडान लिएका छन्। त्यसो त कानुनी रूपमा आत्महत्या दुरुत्साहन मुद्दामा मिलापत्र गर्न मिल्दैन। जसका कारण यो मुद्दा थप जटिल बनेको छ ।

Sidebar Premium Ad

खड्का आत्महत्या दुरुत्साहनको मुद्दामा बैंकका उच्च अधिकारी नै मुछिएकोले अनुसन्धान प्रक्रियामा समेत दबाब देखिन्छ । यस घटनामा उच्च तहबाटै अनुसन्धान प्रभावित पार्ने प्रयास भएकोले मृतकले नामै किटान गरि जाहेरी दर्ता हुँदासमेत आरोपीहरुलाई पक्राउ नगरि खुलेआम छोडिएको आशंका बलियो बनेको छ ।

जाहेरकर्ता अर्थात् मृतककाअनुसार बैंक प्रसासनकले खडका जागिर छोड्न दवाव दिँदै अन्यथा दुर्गममा सरुवा गर्ने धम्की दिँदै आएको थियो । सोहिक्रममा उनलाई लामो समयदेखि जिम्मेवारीबिहीन समेत बनाइदिएको थियो । त्यसमाथि बैंकले उनलाई जागिर छोड्न मानसिक भन्दै लामो समयदेखि तनाव दिइएको थियो ।

मृत्युको दिन फेसबुकमा  “यी ४ जना हराम खोरले मलाई मर्न बाध्य बनाए”भन्दै पोस्ट आएको र केही घण्टामै खडका मृत भेटिएको जाहेरीको विवरण उल्लेख छ ।

Sidebar Premium Ad

हाल सो घटनामाथि प्रहरी अनुसन्धान जारी रहेको बताईएको छ । तर, अनुसन्धान गरी दोषीमाथि कडाभन्दा कडा सजाय हुने आश्वासन दिई मृतक खडकाको अन्त्यष्टि गरेका परिवारले भने न्यायको अनुभूति गर्न पाएका छैनन्, आरोपीहरुसँग प्रहरीले सामन्य सोधपुछ सम्म गर्ने हिम्मत गरेको छैन ।

घटना सार्वजनिक भएपछि सीइओ सुरेन्द्रकुमार रेग्मी, डेपुटी सीइओ सुमन पोखरेलसहितका आरोपी पदाधिकारी भने सम्पर्क विहीन छन् ।

अर्थ संजालबाट

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *