जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठ र पूर्वगृहमन्त्री सुधन गुरुङ जोडिएको एक विवादित ‘अडियो’ सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ दूतावासले त्यसमा आपत्ति जनाएको छ ।
‘युथ अफ वीरगन्ज’ नामक फेसबुक पेजबाट सार्वजनिक भएको उक्त अडियोमा पत्रकार श्रेष्ठले रकम लिएर गुरुङविरुद्ध समाचार लेखेको दाबी गरिएको छ भने श्रेष्ठले यसलाई आफ्नो बदनाम गर्न चिनियाँ नागरिकको प्रयोग गरी रचिएको योजनाबद्ध षड्यन्त्र भएको दाबी गरेका छन् ।




