दमक ।
दमकको नमुना विद्यालयको नामले परिचित हिमालय माध्यमिक विद्यालय दमकको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा केदारनाथ घिमिरे सर्वसम्मत चयन भएका छन् ।
दमक २ स्थित हिमावि दमकको आइतबार सम्पन्न अभिभावक भेलाले घिमिरेको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति चयन गरेको हो । समितिका सदस्यहरुमा क्रमशः अस्मिता भण्डारी, ममता पोखरेल गुरागाईं, मेदनी बराल, कुमार राई, गंगा शिवाकोटी धिमाल चयन भए ।
विव्यसको पदेन सदस्यमा दमक वडा नम्बर २ का वडाअध्यक्ष प्रजापति सापकोटा, शिक्षक प्रतिनिधि भोजप्रसाद भटराई र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक द्रोर्ण श्रेष्ठ छन् ।
शैक्षिक गुणस्तर वृद्धि र टाढाबाट अध्ययनका लागि आएका विद्यार्थीलाई आवासको प्रवन्ध गर्नेलगायत कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने अध्यक्ष घिमिरेले प्रतिवद्धता व्यक्त गरेका छन् ।
