आजको मिति: बिहिबार, असार ४, २०८३
०६:०३ बजे (बेलुका)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
१५औँ स्थापना दिवसको अवसरमा शिखाको रक्तदान, ७० पिन्ट रगत र डोनर बेड हस्तान्तरण|रास्वपाले पदाधिकारी संख्या बढाएर १९ पुर्याउने, केन्द्रीय समिति १५१|राप्रपाले मंसिर २६–२८ मा महाधिवेशन गर्ने|पूर्व सभामुख एवम् नेकपा नेता महराले लिए सक्रिय राजनीतिबाट विश्राम|रास्वपाको महाधिवेशन प्रतिनिधि शुल्क ५ हजार, केन्द्रीय सदस्य उम्मेदवार हुन २१ जहार मनोनयन शुल्क लाग्ने|स्वीप अपरेशनमा परे १४ सय बढी प्रहरीको फन्दामा|मैदानमै बगेको बैँस|सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला|नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार|स्टार्डम सरप्राइजले चिप्लिएको कुटनीति|

विद्यालयमै झुण्डिएका प्रधानाध्यापकको महाकालीमा दाहसंस्कार

Infinite Scroll Ad

हिजो आत्महत्या गरेका दार्चुलाको सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामीको आज दाहसंस्कार गरिएको छ । विद्यालय सुधारमा लागेका उनले आफू विद्यालयमै झुण्डिन बाध्य भएको व्यहोरा लेखेका थिए । 

सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै आफूलाई मर्न बाध्य बनाउनेहरुको नाम सार्वजनिक गरेका हुन् । धामीको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ भने पक्राउ परेकाहरुविरुद्ध म्याद थपपछि अनुसन्धान थालिएको छ ।

दम्फाका प्रधानाध्यापक प्रमानन्द भट्ट, सम्पालका शिक्षकहरु दलिदत्त भट्ट, पदमराज भट्ट, हरि भट्ट, पुष्करराज भट्ट, नेपाली काँग्रेसको पालिका सभापति नरेन्द्र भट्ट र ठेकेदार खेमराज भट्टलगायतले आफूलाई फसाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको, छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षकलाई समात्न लगाएको उनको दाबी छ ।

Sidebar Premium Ad

उनले लेखेका छन्,‘मेरो इमानमा यी दुष्मनहरुले सिंगो सुन्सेरा समुदायमा र आफ्नो घर–घरमा फोन तथा अन्य माध्यमबाट सूचना प्रवाह गरी पदमराज भट्टले अन्य पालिकाका शिक्षक–प्रअहरुलाई समेत फोन गरी कपोकल्पित असत्य बलात्कारको आरोप लगाएर मेरो शैक्षिक इतिहास समाप्त गरी स्वाभिमानमा गम्भीर चोट पुगेकोले र डिप्रेशनको सिकार भएर आत्महत्या गर्न बाध्य भएको छु ।’

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *