आजको मिति: बुधबार, जेठ १३, २०८३
१२:३० बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै|रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही गर्न आयाेगकाे सिफारिस|मानवअधिकार आयोगले भन्यो– पेट्रोल बमसहितको टोलीले जेन–जी आन्दोलनको योजना बनाएको थियो|नयाँ कानुन बनाएर ओली लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्‌न नदिन आयोगको सिफारिस|जेन–जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि अनुसन्धान गर्न सिफारिस|जेन–जी आन्दोलनमा सेनाको भूमिका शंकास्पद, आयोगको अनुसन्धानमा पनि असहयोग|सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन आगजनी र मानवीय क्षतिमा नेपाली सेनाको कमजोरी भएको ठहर|संविधानमा अधिकार, सडकमा तिरस्कार|‘जनप्रतिनिधिमा दम्भ र आर्थिक लोभ भए नागरिकमा वितृष्णा जाग्छ’|युट्युबसिं फत्तेले मौन वर्त तोडेपछि|

सामाजिक सञ्जालमा चार जनाको फोटो पोस्ट गरेपछि आत्महत्या

Infinite Scroll Ad

झापाको दमकमा एक व्यक्तिले सामाजिक सञ्जालमा चार जनाको फोटो पोस्ट गरेपछि आत्महत्या गरेका छन् ।

दमक–८ लक्ष्मीमार्ग टोल निवासी ४२ वर्षीय पिताम्बर खड्काले चार जना साथीका कारण आफू आत्महत्या गर्न बाध्य भएको आशय व्यक्त गर्दै उनीहरूको सामूहिक फोटो फेसबुकमा पोस्ट गरेको प्रहरीले जनाएको छ ।

खड्काले दीपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको नामसहितको फोटो पोस्ट गरेपछि आज साँझ करिब ५ बजे आफ्नै घरको भुइँतलाको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनले सिलिङ फ्यान झुन्ड्याउने फलामको हुकमा प्लास्टिकको पासो प्रयोग गरी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Sidebar Premium Ad

मृतकका बुवा महेश खड्काले छोरालाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा टोली खटिएर घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

मृतक खड्काको शव पोस्टमार्टमका लागि दमक अस्पताल लगिएको दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहाल (दीपेश) ले जानकारी दिए । खड्का हाल ग्लोबल आईएमई बैंकको विराटनगर शाखामा कार्यरत रहेको बुझिएको छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *