आजको मिति: शनिबार, जेठ १६, २०८३
०९:१४ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
पत्रकार हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम|हातको ट्याटुबाट शवको पहिचान खोज्दै प्रहरी, सेतुमारी पुलमुनि बोराभित्र महिलाको शव फेला|क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनका २० जना नेकपामा प्रवेश|पाँचथरको कुम्मायकमा सेनाको बृहत स्वास्थ्य शिविर|मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह|गणतन्त्रले जनतालाई देशको मालिक बनायो, यसलाई जोगाउन शासन शैली सुधार्नुपर्छ: प्रथम राष्ट्रपति यादव|गणतन्त्रको यात्रामा किशोरावस्थाको नेपाल|सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?|४ बजे बजेट आउँदै, साढे २ बजे बोलाइयो क्याबिनेट|नेपाल फर्कन तयारी हुनुहोस् : सभामुख अर्याल|

सभामुखले बोलाइरहे, तर बोलेनन् सांसद कृष्णकुमार कार्की

Infinite Scroll Ad

सभामुख डोलप्रसाद अर्यालले सोमवार बसेको संसद बैठकमा सांसदहरूलाई शून्य समय उपलब्ध गराएका थिए । शून्य समयमा सांसदहरूले धमाधम आफ्ना धारणा राखिरहेको बेला एउटा नाम भने सभामुखले तीनपटकसम्म दोहोर्‍याए, तर ती सांसद कतै देखिएनन् ।

सभामुख अर्यालले बोलाएको नाम थियो– कृष्णकुमार कार्की । संसद सचिवालयकाे भिडियाे सेक्सनकाे ४ मिनेट ५७ सेकेन्डमा उक्त भिडियाे सुन्न सकिन्छ । यसरी बलाइएका कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोरङ–३ बाट निर्वाचित सांसद हुन् । रास्वपाबाट टिकट पाएदेखि नै विवादित पृष्ठभूमिका रूपमा चर्चामा रहेका कार्की २४ भदौको आगजनी घटनामा देखिएका व्यक्तिसमेत हुन् ।

संसद बैठक सुरु हुनुअघि सांसदहरूले आफूले उठाउने विषयबारे संसद सचिवालयमा जानकारी गराउँदै बोल्ने समय माग्ने प्रचलन छ । सभामुखले सोही सूचीअनुसार समय उपलब्ध गराउँछन् । तर, सोमबारको बैठकमा बोल्न समय लिएका कार्की किन अनुपस्थित भए ? यो प्रश्न धेरैले उठाए ।

Sidebar Premium Ad

कार्की संसदमा उपस्थित नहुनुको एउटा महत्त्वपूर्ण कारण रहेको बताइन्छ । जनआस्थाले कार्कीसँग सम्बन्धित एउटा गम्भीर सूचना सार्वजनिक गरेको थियो । एक विदेशी महिलालाई गर्भवती बनाएर फरार भएको आरोपसम्बन्धी समाचार बाहिरिएलगत्तै कार्की संसद भवनबाट बाहिरिएको बताइएको छ । उक्त जानकारी सभामुख अर्यालसम्म नपुगेपछि उनले बैठकमा कार्कीको नाम तीनपटकसम्म पढेर सुनाएका थिए ।

चर्चित गुण्डा नाइके ‘चरी’ समूहसँग समेत आबद्ध रहेको आरोप खेपेका कार्की नेपाली चलचित्रमा खलपात्रका छाया कलाकारका रूपमा पनि सक्रिय रहेका व्यक्ति हुन् । पछिल्लो केही समय भने उनी जापानमा बस्दै आएका थिए । जेन–जी आन्दोलनका क्रममा मात्रै नेपाल फर्किएका उनले माघ ६ गते उम्मेदवारी दर्ता गर्नुअघि मात्रै पार्टीको टिकट पाएर संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । 

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *