बिर्तामोड । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप आयोजक समितिले प्रतियोगिताको प्रचारप्रसारका लागि रोड सो गरेको छ ।
आयोजक चन्द्रगढी युवा क्लबको अगुवाईमा आज झापाको भद्रपुर, बिर्तामोड, हल्दिबारीलगायतलका पालिकामा रोड सो गरिएको क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए ।
रोड सोमा क्लबका करिब ४० जना सदस्य सहभागी रहेका थिए । सहभागीहरुले गोल्डकपको जानकारी दिँदै चोकचोकमा प्रचार गरेका थिए । मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपककुमार पोखरेललाई धन्यवादको नारा पनि लगाएका थिए ।
२०८३ बैशाख ५ गतेदेखि हुने प्रतियोगिताको खेलतालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्दैछ । त्यस्तै, बैशाख ६ गते भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने सचिवालय प्रमुख हिमाल खरेलले बताए ।

good