आजको मिति: आइतबार, जेठ २४, २०८३
०८:०३ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

रास्वपा झापाले पायो नयाँ नेतृत्व, सभापतिमा ओमनाथ भण्डारी निर्वाचित

Infinite Scroll Ad

झापा :  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको पहिलो जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी जिल्ला सभापतिमा निर्वाचित भएका छन् । बिर्तामोडमा सम्पन्न अधिवेशनको मतगणना परिणामअनुसार मेचीनगरका भण्डारीले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै पार्टीको जिल्ला नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।

सभापति पदका लागि भएको प्रतिस्पर्धामा भण्डारीले ३४१ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ मत पाए भने अर्का उम्मेदवार अर्जुनकुमार मैनाली २५ मतमा सीमित भए । सभापति पदका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।

Sidebar Premium Ad

अधिवेशनबाट उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन् । ढकालले २१० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी शान्ता तामाङले १९८ मत, लिला खड्काले १११ मत र देव संग्रौलाले ९३ मत प्राप्त गरेका थिए । उपसभापतिको प्रतिस्पर्धा निकै रोचक बनेको थियो भने अन्ततः ढकालले झिनो मतान्तरसहित विजय हात पारे ।

त्यस्तै सचिव पदमा विरोध सुवेदी निर्वाचित भएका छन् । सुवेदीले ३६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत पाए । सहसचिव पदमा भने भिमबहादुर कुँवर ३५२ मतसहित विजयी बने । उनका प्रतिस्पर्धी राजेन्द्र खनालले १९३ मत र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत प्राप्त गरेका थिए ।

जातीय आधारतर्फको सदस्य पदमा राजनारायण राजवंशी २१२ मतसहित निर्वाचित भए । उक्त पदमा प्रतिस्पर्धा गरेका सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत प्राप्त गरेका थिए। समान मत आए पनि राजवंशीले अग्रता कायम राख्दै सदस्य पदमा स्थान सुरक्षित गरेका हुन् ।

Sidebar Premium Ad

खुला तथा महिला सदस्यतर्फ पनि प्रतिस्पर्धा उल्लेख्य देखिएको थियो । डिल्ली न्यौपाने २२९ मत, शान्तिमाया न्यौपाने २१४ मत र मुना सापकोटा ११९ मतसहित निर्वाचित भएका छन् । यस समूहमा ११ जनाको उम्मेदवारी परेको थियो । अन्य उम्मेदवारमध्ये पवन गिरीले २१५, दिवाकर मैनालीले १८०, नन्दकुमार चुडालले १२८, नरेन्द्र राईले ११६, नरेन्द्र शिवाकोटीले ९३, भेषराज ओलीले ८६, चेतकुमार खनालले ८०, बालकृष्ण खतिवडाले ५७ तथा प्रेमप्रसाद खरेलले २६ मत प्राप्त गरेका थिए ।

अधिवेशनले क्षेत्रीय नेतृत्वसमेत चयन गरेको छ । क्षेत्र नम्बर १ को सभापतिमा कमल गौतम, क्षेत्र नम्बर २ मा गोपाल कट्वाल, क्षेत्र नम्बर ३ मा कमल बानियाँ, क्षेत्र नम्बर ४ मा लिलामाया बस्नेत तथा क्षेत्र नम्बर ५ मा चुणामणि पाठक निर्वाचित भएका छन् ।

रास्वपा झापाको पहिलो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै जिल्लामा पार्टी संगठन सुदृढीकरण, सदस्यता विस्तार र आगामी निर्वाचनको तयारीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । पार्टीको उदयसँगै झापामा बढ्दो राजनीतिक सक्रियताबीच नयाँ नेतृत्वले संगठनलाई कसरी अघि बढाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

Above Content Ad
Header Top Ad

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *