नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ३ हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।
मंगलबार प्रतितोला २ लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि २ लाख ९२ हजारमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १२५ ले ओरालो लागेको छ । मंगलबार प्रतितोला ५ हजार ८५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला ४ हजार ९६० रुपैयाँ निर्धारण गरिएको छ ।




