दमक ।
झापाको दमक ७ नम्वर वडा कार्यालयले वडावासीलाई लक्षित गरी विभिन्न सीपमूलक तालिम सञ्चालन गरेको छ
वडा भित्रका विपन्न गरीव, विद्यार्थी र महिलालाई लक्षित गरी सिलाई कटाई, कम्प्युटर र डाइभिङ्ग तालिम सञ्चालन गरिएको दमक वडा नम्बर ७ का वडा सदस्य अतित बान्तावा राईले जानकारी दिए ।
गत चैत २० गतेबाट वडा कार्यालयको १ लाख रुपैयाँ लागतमा कार्यालयकै हलमा ६५ दिने सिलाई कटाई तालिम चलिरहेको दमक ७ का वडा सचिव योगेश भटराईले बताए । तालिममा १५ जना सहभागी छन् ।
वडाकै आयोजनामा बैशाख ७ गतेदेखि ९० दिने कम्प्युटर अपरेटर तालिम चलिरहेको वडा सदस्य राईले बताए । तालिममा वडाका २५ जना युवा विद्यार्थी सहभागी छन् ।
त्यस्तै वडाले आयोजना गरेको ५० प्रतिशत साझेदारीअन्तर्गतको ड्राइभिङ तालिम बैशाख ९ गतेदेखि चलिरहेको छ । १ महिने सो तालिममा वडाका २० जना सहभागी रहेका बताइएको छ ।
