आजको मिति: बिहिबार, जेठ १४, २०८३
१२:२१ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
फिलिपिन्सका फाइटरलाई हराउँदै रवीन्द्र ढाँट सेमिफाइनलमा|साढे ३ लाख तलब दिने गरी इजरायलले माग्यो २३ सय नेपाली, कसरी हुन्छ छनोट ?|आयोगको प्रतिवेदनपछि कांग्रेसले भन्यो -‘दोषी सांसद र अधिकारीमाथि विनापक्षपात कारबाही गरियोस्’|नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सिफारिस|इन्डोनेसियामाथि ४ विकेटको जित निकाल्दै नेपाल सेमिफाइनलमा|कस्तो आउला दुई तिहाई नजिकको सरकारको बजेट ?|आयोगको प्रतिवेदनले कार्की आयोगमाथिको शङ्का बलियो बनायो : कांग्रेस|पार्टी परिवर्तन गरेपछि दुई वडाध्यक्षको पद खोसियो|जेन–जी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनमा कांग्रेसको धारणा सार्वजनिक|सुनचाँदीको भाउमा भारी गिरावट|

नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सिफारिस

Infinite Scroll Ad

काठमाडौं । सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ ।

आयोगले सहकारीको नियमन गर्न स्पष्ट संस्थागत प्रणाली नहुँदासम्म तीनै तहका सरकारले नयाँ सहकारी दर्ता र एक भन्दा बढी शाखा भए बन्द गराउनु पर्ने सुझाव दिएको हो ।

आयोगले तयार पारेको प्रतिवेदन अनुसार नयाँ सहकारी दर्ता नगर्ने, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिने र एक भन्दा बढी शाखा खोली सञ्चालनमा रहेका सहकारीहरूलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन आवश्यक रहेको छ ।

Sidebar Premium Ad

प्रतिवेदनमा भनिएको छ ‘सहकारी संस्था स्वावलम्बन र पारस्परिक सहयोग जस्ता भावना अनुसार सञ्चालन हुने व्यवसाय भएकाले संस्था स्थापना दर्ता हुँदा यसको कार्यक्षेत्र बढीमा एक गाउँपालिका वा नगरपालिका वा महानगरपालिकाको केही वडाहरूमा मात्र हुनुपर्दथ्यो । दर्ता हुँदाको बखतै वा दर्ता भएको केही समयमानै संस्थाको कार्यक्षेत्र नेपालभर विस्तार गर्नु, सेवा केन्द्र मार्फत बढिभन्दा बढी निक्षेप संकलन गर्न दिनु उचित थिएन ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *