दमक ।
नेपालमा सुनको भाउ फेरि ३ लाखमुनि झरेको छ । बिहीबार सुनको भाउ ३ लाख भन्दा तल झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा २ हजार ३०० रुपैयाँले घटेपछि बिहीबार नेपाली बजारमा सुनको भाउ ३ लाख मुनी कारोबार भइरहेको छ ।
हिजो बुधबार सुन ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँले घटेर बिहीबार ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।