दमक ।
३ दिनयता लगातार बढेर शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ ।
३ दिनयता सुनको भाउ १३ हजार १ सय रुपैयाँले बढेको हो । बुधबार ४ हजार २ सय, बिहीबार ८ हजार र शुक्रबार ९ सय रूपैयाँले सुन महँगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको हो । बिहीबार सुनको भाउ २ लाख ९६ हजार रुपैयाँ थियो ।
बुधबार २ लाख ८८ हजार रुपैयाँ र मंगलबार २ लाख ८३ हजार ८ सयमा सुनको कारोबार भएको महासंघको रेकर्डमा छ ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५८० रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार चाँदी ४ हजार ३८० रुपैयाँ थियो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।