दमक ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण भएको हो । शुक्रबार डलरको भाउ १५३ रूपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा थियो । अथात् यो मुद्रा १० पैसाले घटेको हो ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १७५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५३ पैसा तोकिएको छ । शुक्रबार युरोको भाउ १ को खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा थियो । युरो पनि करिब नेपाली १ रुपैयाँले घटेको हो ।
अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा कायम भएको छ । शुक्रबार यसको भाउ एकको खरिददर १०७ रूपैयाँ ६९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ११ पैसा तोकिएको छ । यो मुद्रामा पनि करिब नेपाली १ रुपैयाँ मूल्य घटेको हो ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर २०७ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।
सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ११ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३५ पैसा र बिक्रीदर १० रुपैयाँ ३९ पैसा कायम भएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ५०० रुपैयाँ ०३ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ८५ पैसा बिक्रीदर ४०९ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४०० रुपैयाँ ९१ पैसा कायम गरेको छ ।
त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।