एआई सिर्जित काल्पनिक चित्र ।

दमक ।

शनिबारको भारी वर्षापछि खहरे खोलामा आएको बाढीले खोटाङमा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार रहेका प्रहरीले जनाएको छ ।

राईलाई स्थानीय छाँगे खोलाले बगाउँदा मृत्यु भएको नेर्पाका वडाध्यक्ष माधव राईले बताए ।

यस्तै, गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले बताए ।

मृतक दुवैको शव पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्