दमक ।
आइतबार दिउँसो अचानक फेसबुकको ब्राउजर डाउन भएको छ ।
फेसबुकले आधिकारिक रूपमा आफ्नो ‘साइटमा समस्या’ आएको जनाएको हो । यसबाट फेसबुकका प्रयोगकर्ताका लागि ब्राउजर भर्सन डाउन भएको हो ।
प्रयोगकर्तालाई फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन । साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन । हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस् ।’
तर, फेसबुकमा देखिएको यो समस्या १ घण्टाअर्थात् २ः३० बजेसम्म पनि समाधान भएको छैन ।
आइतबार दिउँसो साढे १ बजे फेसबुक प्रयोगकर्ताले साइटमा समस्या भएको जानकारी पाएका हुन् । उनीहरुको फेसबुक पेज र एकाउन्ट खुलेका छैनन् ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।