दमक ।
आज राति १२ः४५ मा सुरु हुने विश्वकप २०२६ को फाइनल खेलमा उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ ।
स्पेन र अर्जेन्टिनाबीच न्यु जर्सी स्टेडियममा हुने खेलका लागि फुटबलका फ्यानहरु व्यग्र प्रतीक्षामा छन् । नेपालमा पछिल्लो समय यी दुवै टिमप्रतिको क्रेज बढ्दो छ ।
अर्जेन्टिनी कप्तान नियोनल मेसी ८ गोलसहित फाइनल खेल्दैछन् । उनी फ्रान्सका स्ट्राइकर कप्तान एम्बापे (१० गोल) भन्दा २ गोल पछाडि रहेका छन् । आजको खेलले विश्वकपमा प्रख्यात मानिने सर्वाधिक गोलकर्ता (गोल्डेन बुट)मा कसले बाजी मार्नेछ भन्ने पनि तय हुनेछ ।
साथै, विश्वकप उपाधिसहित राष्ट्रिय जर्सीमा स्पेनले एक तारा थपेर २ तारे बनाउने छ कि अर्जेन्टिनाले एक तारा थपेर आफ्नो जर्सीलाई ४ तारे बनाउने छ भन्ने पनि तय हुनेछ ।
सेमिफाइनलमा फ्रान्सलाई ३–२ गोलअन्तरले पाखा लगाउँदै स्पेनले उपाधिका लागि अजेन्टिनासँगको भेट पक्का गरेको हो भने अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
विश्वकप अन्तर्गत दुई राष्ट्रबीच ६० वर्षको अन्तरालमा दोस्रो पटक भिडन्त सुनिश्चित भएको हो । यसअघि सन् १९६६ को विश्वकपमा समूह चरणमा भएको भेटमा अर्जेन्टिना २–१ गोलअन्तरले विजयी भएको थियो ।
अर्जेन्टिना ३ पटकको विश्वकप विजेता हो भने स्पेन १ पटकको विश्वकप विजेता हो । उसले सन् १९७८, १९८६ र २०२२ मा विश्वकपको उपाधि जितेको थियो । त्यस्तै, स्पेनले सन् २०१० मा एक पटक विश्वकपको उपाधि उचालेको थियो ।
स्पेन र अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीबीच हालसम्म १४ पटक आमनेसामने भएको इतिहास छ । जसमा दुवै टोलीले समान ६–६ खेल जितेका छन् भने बाँकी २ खेल बराबरीमा टुङ्गिएको छ । दुई टोलीबीच विभिन्न समयमा अन्य १३ वटा मैत्रीपूणार् खेल भएका छन् । पछिल्लो पटक सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।
एनटिभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्ररारण हुने

विश्वकप फुटबलको फाइनल खेल नेपाल टेलिभिजनको ‘एनटिभी प्लस’ले निःशुल्क प्रसारण गर्ने भएको छ ।
आज आइतबार राति १२ः४५ बजे हुने अर्जेन्टिना र स्पेनबीचको फाइनल खेलको प्रत्यक्ष प्रशासरण एनटिभी प्लसबाट निःशुल्क गर्न लागिएको सञ्चार तथा सूचना मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका हुन् ।
उनले विश्वकपका अन्तिम २ खेल निःशुल्क प्रसारण हुने बारे फेसबुकमा लेखेका थिए, ‘फिफा वल्र्ड कप २०२६ तेस्रो स्थान र फाइनल खेलको निःशुल्क प्रत्यक्ष प्रसाण एनटिभी प्लसले गर्नेछ ।’
यस अनुसार तेस्रो स्थानका लागि आइतबार बिहान इंग्ल्यान्ड र फ्रान्सबीच भएको खेल एनटिभी प्लसमा प्रत्यक्ष प्रसारण भइसकेको छ ।
यसअघि विश्वकपका खेलहरू हिमालयन स्पोट्र्स र डिगो एपमार्फत सशुल्क प्रत्यक्ष प्रसारण हुँदै आएको थियो ।
यस वर्ष विश्वकपका खेलहरू प्रत्यक्ष प्रसारण गर्न एस्प्रो मिडियाले फिफाबाट अधिकारता प्राएको थियो । त्यसैअन्तर्गत टेलिभिजनतर्फ हिमालयन स्पोट्र्स र ओटिटी÷मोबाइल एपतर्फ डिगो एपलाई प्रसारण अधिकार दिने गरी सम्झौता भएको थियो ।
हिमालयन स्पोट्र्स च्यानल सब्स्क्राइब गर्न ९९९ रूपैयाँ र डिगो एपमा हेर्न मोबाइलबाट ५०० र डेस्कटपका लागि १ हजार शुल्क निर्धारण गरिएको थियो ।
‘सरकारी टेलिभिजनबाट निःशुल्क देखाउनुपर्छ भन्ने सुरूदेखिकै माग थियो । तर सरकारी मिडियामार्फत फिफामा बिडिङ नगरिएकाले देखाउन सम्भव भएन । त्यही भएर सरकारले नेपालका लागि विश्वकपको प्रत्यक्ष प्रसारण अधिकार पाएको एस्प्रो मिडियालाई अनुरोध गरेर २ वटा खेल नेपाल टेलिभिजनमा प्रसारण गर्न प्रक्रिया अघि बढाएको थियो,’ मन्त्री तिमिल्सिनाले भने ।
सरकारी अनुरोधमा एस्प्रो मिडिया र नेपाल टेलिभिजनबीच सहमति भएर निःशुल्क देखाउन सम्भव भएको मन्त्री तिमिल्सिनाको भनाइ छ । फिफाले आइतबार राति अबेरमात्रै नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्न अनुमति दिएको हो ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।