दमक ।
अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २)२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको विश्वकप फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।
स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै काफी भयो । टोरेसले खेलको १०६औँ मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई टोरेसले बायाँ खुट्टाले गोलको दिशा दिएका थिए ।
निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोलरहित बराबरी खेल भएपछि थपिएको अतिरिक्त समयमा स्पेनले बाजी मारेको हाे । निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।
स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो । स्पेनले सन् २०१० मा विश्वकप उपाधि पहिलो पटक जितेको थियो । त्यसयता उसको यो दोस्रो विश्वकप उपाधि हो ।
६० वर्षपछि विश्वकपको फाइनल खेलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले उपाधि चुम्न सफल भयो । ६० वर्षअघि विश्वकपको समूह चरणको खेलमा स्पेन अर्जेन्टिनासँग पराजित भएको थियो ।
स्पेनसँग स्तब्ध भएको अर्जेन्टिनाले सन् २०२२ को विश्वकपको उपाधिलाई यस पटक निरन्तरता दिन सकेन ।
गोल्डेन बल रोड्रीलाई, गोल्डेन बुट एम्बापेलाई
स्पेनका कप्तान रोड्रिगो अर्नान्डेज कासान्ते (रोड्रि)ले फिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन् ।
स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका कप्तान रोड्री प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका हुन् । उनले एडिडास गोल्डेन बल जिते ।

अर्जेन्टिनाका कप्तान मेसीले शिल्भर बल जिते भने फ्रान्सका कप्तान एमबाप्पेले ब्रोन्ज बल जिते ।
यस्तै स्पेनका गोलकिपर उनाई सिमोले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड हात पारेका छन् । स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड कब्जा गरे ।
विश्वकप २०२६ मा सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड हात पारेका छन् । एम्बापे लगातार २ पटक गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।