दमक ।
बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १४ अंकले बढेर २५९०.२९ विन्दुमा अड्किएको छ । तर अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको हो ।
मंगलबार ८ अर्ब ४१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर ४ अर्ब १७ करोड रूपैयाँ पुगेको छ । ३६२ वटा धितोपत्रको ८४ लाख ७३ हजार १६ कित्ता सेयर बुधबार किनबेच भए ।
बुधबार १९५ कम्पनीको सेयरमूल्य वृद्धि भए भने ६० वटा कम्पनीका सेयर मूल्य घटका हुन् । १९ कम्पनी स्थिर रहे ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।