दमक ।
मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । नेप्से ६.११ अंकले बढेर मंगलबार २५७६.२९ विन्दुमा बन्द भएको हो ।
अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से परिसूचकसँगै कारोबारमा समेत सामान्य वृद्धि भएको बताइएको छ ।
सोमबार ७ अर्ब ४६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंलगबार ८ अर्ब ४१ करोड रूपैयाँ पुगेको हो ।
३८३ वटा धितोपत्रको एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर मंगलबार किनबेच भएका छन् । १६४ कम्पनीको सेयरमूल्य बढेका छन् भने १०१ वटाको घटेका छन् । १० वटा कम्पनी स्थिर छन् ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।