दमक ।

दमकमा बिहीबारदेखि कोशी प्रदेश जिल्लास्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ सुरु भएको छ।

दमक–२ स्थित बेलडाँगी खेलमैदानमा सुरू भएको खेलमा दमक भेट्रान निलोले विजयी सुरूवात गरेकाे छ । प्रतियोगिताको पहिलो खेलमा आयोजक दमक भेट्रान निलोले दमक भेट्रान जदालाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

खेलको १०औँ मिनेटमा जर्सी नम्बर ११ का गंगा लिम्बूले पहिलो गोल गरेका थिए। लगत्तै ११ मिनेटमा जहदा भेट्रानका जर्सी नम्बर १० का जगेस चौधरीले गोल गर्दै जहदालाई खेलमा फर्काएका थिए ।

त्यसपछि दमक भेट्रान निलोका जर्सी नम्बर १० का हरि शेर्माले खेलको १९औँ मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। हाफ टाइमपछि थपिएको समयको अन्तिम मिनेटमा शर्माले व्यक्तिगत दोस्रो गोल गरेपछि दमक भेट्रान निलो ३–१ ले विजयी भएको हो ।

जितसँगै दमक भेट्रान निलो प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिर्तामोड भेट्रान सँग अब गत १७ गते भिड्ने छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विजेताले प्राप्त गर्ने १ लाख रुपैयाँ पुरस्कार दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ।

दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भइरहेको छ। उदघाटन समारोहमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्