नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा झरेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घट्दै ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्