दमक ।
सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सामेबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
१ हप्तादेखि क्रमशः सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि आइतबारको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेको छ । आइतबार कारोबार हुँदा चाँदीको भाउ प्रतितोला ४ हजार ४१० रुपैयाँमा कायम भएको थियो ।
सोमबारका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ४४५ रुपैयाँ तय गरिएको छ ।
गत सोमबार चाँदीको भाउ ४ हजार ३२० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।