दमक ।
झापाको दमकमा कोशी प्रदेशस्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप २०८३ फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक दमक भेट्रान फुटबल क्लबले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी गराएको हो ।
दमक २ स्थित बेलडाँगी खेलमैदानमा असोज १५ गतेदेखि सञ्चालन हुने सो प्रतियोगितामा कोशी प्रदेशभरीका विभिन्न १२ वटा टिम सहभागी हुने आयोजक क्लबमा अध्यक्ष गजेन्द्र देवानले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष देवानले प्रतियोगिताका लागि आवश्यक तयारी थालिएको समेत बताएका थिए ।
प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छने उपविजेताले नगद ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।