गौरादह ।

झापाको गौरादहमा सम्पन्न प्रथम गौरादह महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक स्पर्श सामाजिक क्लबले उचालेको छ ।

आइतबार सम्पन्न फाइनलमा भारत पश्चिम बंगालको रोथखोला फुटबल एकेडेमीलाई ३–० गोलले हराउँदै आयोजकले उपाधि सुरक्षित गरेको हो ।

आयोजकको जितका लागि सुजता पालुङ्वा, मनिता तुम्रोक र समीक्षा मगरले क्रमशः ११ गोलको योगदान गरेका थिए ।

जितसँगै आयोजकले एक लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा सीमित रोथखोला फुटबल एकेडेमीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित पुरस्कार तथा प्रमाणपत्रमा चित्त बुझाएको छ ।

आयोजकको जितका लागि पहिलो हाफको अतिरित्त समयमा सुजता पालुङ्वाले गोल गरिन् । उनले अञ्जली चन्दको पासलाई सदुपयोग गर्दै सुन्दर फिनिसिङ गरेकी थिइन् । निर्धारित ७० मिनेटको खेलको ४३ औँ मिनेटमा आयोजककी मनिता तुम्रोकले गोल गर्दै आयोजकको अग्रतालाई दोब्बर बनाइन् । त्यस्तै, खेलको ५३ औँ मिनेटमा आयोजककी समीक्षा मगरले गोल गर्दै टिमको जित सुनिश्चित गरेकी थिइन् । प्रतियोगितामा भारतको एक टिमसहित आठ टिमको सहभागिता थियो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्