यो लेखोटमा अमेरिकी सपनाको कैरन संक्षेपमा हुनेछ । म ५ महिनादेखि अमेरिकामा छु । कुनै कामधन्दा बेगर बसेकोले मेरो काम भेटघाट र सार्वजनिक कार्यक्रमहरुमा बित्ने गरेको छ । यसको अर्थ अमेरिकामा बसेको एउटा व्यवसायिक मानिसभन्दा बढी सूचना हुनु स्वभाविक लाग्छ । अर्काे पेशागत रूपमा सूचनाकै कारोबार गर्ने भएकोले पनि त्यता आकर्षित हुनु अस्वाभाविक होइन । नेपाल अमेरिका पत्रकार संघ (नेजा), किरात याक्थुङ चुम्लुङ, कलाकार संघ, राजनीतिक दलका भातृ संगठनका वनभोजलगायत व्यक्तिगत सामाजिक सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुँदै अएको छु । व्यक्तिगत भेटाघाटा त असंख्य नै भए । तर यो एउटै छोटो लेखले अमेरिकी सपनाको अद्योपान्त कथा कहन सक्तैन । यो अमेरिकी सपनाको प्रारम्भिक कथन मात्र हुनेछ । अमेरिकी सपनाको बहिरङ्ग र अन्तरङ्ग कथन छापाहरुमा क्रमशः कैरन गर्दै गरुँला ।
नेपालीहरुको अमेरिका बसोबास
सन् १९५२ देखि नेपालीहरु अमेरिकामा स्थायी बसोबास (ग्रीन कार्ड) गर्न सुरु गरेको सूचना पाइन्छ । तर यो संख्या नगन्य थियो । सन् १९७५ सम्ममा अमेरिकाम बसेका नेपालीको संख्या ५६ जनामात्र थियो । ठूलो संख्यामा आउने क्रम सन् १९९० पछि मात्र हो । सन् २००० पछि डाइभर्सिटी भिसा (डिभी) लट्रीपछि यो संख्या ह्वात्तै बढ्यो । तल्लो बाटो डंकी रुटबाट कति नेपाली अमेरिका आए त्यसको विवरण भिन्दै गर्दा हुन्छ । यहाँ स्थायी बसेबास गर्ने अधिकांस पहिलो पुस्ता नेपालमा जन्मेका हुन् । अमेरिकामा जन्मेका दोस्रो पुस्ता अझै सानो संख्यामा छन् । तेस्रो पुस्ता पनि लगभग नगन्य छन् ।
अमेरिकामा स्थायी र अस्थायी बसेबास गर्न पाउने छुट्टाछुटै व्यवस्था छ । यस्तो व्यवस्थालाई बोलीचालीको भाषामा ग्रीन कार्ड भनिन्छ । स्थायी बसोबास गर्ने डाइभर्सिटी भिसा (डिभी) लट्री सबैभन्दा धेरै आउने राजमार्ग हो । यसका अतिरिक्त परिवारमा आधारित (नागरिक/स्थायी निवासीको परिवार), रोजगारीमा आधारित (EB-2, EB-3 आदि), विशेष अवस्थामा (Asylum / Refugee) र अन्य लगानी (जस्तै EB-5) । यी पाँच व्यवस्था अन्तर्गत कुनैपनि विदेशी नागरिक यहाँ बस्छन् । स्थायी रूपमा बस्ने नेपालीको हकमा पनि यहि कुरा लागु हुन्छ । यसरी नै विद्यार्थी (F-1), विशेष सीपको काम (H-1B), पर्यटक/व्यवसाय (B-1/B-2), एक्सचेन्ज (अमेरिकामा स्थायी र अस्थायी बसेबास गर्न पाउने छुट्टाछुटै व्यवस्था छ । यस्तो व्यवस्थालाई बोलीचालीको भाषामा ग्रीन कार्ड भनिन्छ । स्थायी बसोबास गर्ने डाइभर्सिटी भिसा (डिभी) लट्री सबैभन्दा धेरै आउने राजमार्ग हो । यसका अतिरिक्त परिवारमा आधारित (नागरिक/स्थायी निवासीको परिवार), रोजगारीमा आधारित (EB-2, EB-3 आदि), विशेष अवस्थामा (Asylum / Refugee) र अन्य लगानी (जस्तै EB-5) । यी पाँच व्यवस्था अन्तर्गत कुनैपनि विदेशी नागरिक यहाँ बस्छन् । स्थायी रूपमा बस्ने नेपालीको हकमा पनि यहि कुरा लागु हुन्छ । यसरी नै विद्यार्थी (F-1), विशेष सीपको काम (H-1B), पर्यटक/व्यवसाय (B-1/B-2), एक्सचेन्ज (J-1) र अन्य कार्य भिसामार्फत अस्थाई बसोबासको सुविधा पाउँछन् । यसरी नेपालीको आप्रवासनको अमेरिकी इतिहास लगभग ७४ वर्षको हुँदैछ ।
अमेरिकामा नेपाली समुदाय
नेपालीहरु सुगौली सन्धीको बन्द नीतिका कारण अमेरिका जान सक्तैन थिए । तर पनि केही व्यक्ति सन् १९१०–१९४० को दशकमा पढ्न र भ्रमण गर्न गएका थिए । त्यसमध्ये पद्मसुन्दर मल्ल सन् १९१० मा आएको अभिलेख छ । तर स्थायी बसोबास भने थिएन । यसपछि औपचारिक सुरुवात १९५० देखि १९९० बाट सुरु भयो । सन् १९५६ देखि नेपाली आप्रवासन अभिलेख सुरु भयो । वर्षमा करिब १२ जना पुग्न थाले । सन् १९९० मा कुल नेपाली २६०० पुगे । यसमा अधिकांश विद्यार्थी, उच्च शिक्षित व्यक्ति र कुटनीतिज्ञहरु परे । नेपालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना (१९९०) पछि अमेरिकाले डिभी लट्री सुरु गरेपछि हजारौंको संख्यामा नेपाली अमेरिका भित्रिन थाले । माओवादी जनयुद्ध (१९९६–२००६) र रोजगारीको अवसरको खोजीमा आए । सन् २०१० मा करिब ५२ हजारको संख्यामा रहेका नेपाली सन् २०२३ को अनुमानअनुसार २ लाख ५० हजार पुगेका छन् । नेपालीको मूख्य बसोबास न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, मेरील्याण्ड, म्यासाचुसेट्स, कोलोराडो आदिमा छ । नेपालका सबै जातीय समुदायका मानिसहरु अमेरिकामा छन् र शरणार्थीको रूपमा नेपालीभाषी भूटानी शरणार्थी समेत छन् । यिनको मुख्य पेशा स्वास्थ्य, आईटी, होटल/रेस्टुरेन्ट, विद्यार्थी, साना व्यवसायमा केन्द्रित छ ।
अमेरिकी आकर्षण
अमेरिकाको पहिलो आकर्षण आर्थिक अवसर र उच्च आम्दानी हो । विश्वका धेरै देशहरुको तुलनामा यहाँ उच्च ज्याला छ । त्यतिकै मात्रामा यहाँको मुद्रा डलरको मूल्य पनि उच्च छ । दोस्रो उद्यमशीलताको वातावरण, र ठूला कम्पनीहरुको उपस्थिति त्यत्तिकै छ । यहाँ वित्तीय वा सेवामा आधारित अर्थ व्यवस्था त छँदैछ । सँगसँगै म्यानुफ्याक्चरिङमा अधारित अर्थ व्यवस्थाको कारण पनि यहाँ रोजगारीको अवसर पर्याप्त छ । सिलिकन उपत्यका, वाल स्ट्रिट जस्ता ओधोगिक केन्द्रहरुले व्यापक अवसर सिर्जना गर्दै आएका छन् । तेस्रो विश्वस्तरीय शिक्षा र अनुसन्धान हार्वर्ड, एमआइटी, स्टेनफोर्ड जस्ता विश्वविद्यालयहरु आकर्षणका केन्द्र हुन् । यी विश्वविद्यालयहरुमा अनुसन्धानमा ठूलो लगानी भएकैले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको ध्यान केन्द्रित गरेको हो । चौथो ज्ञान र नवाचारको केन्द्रका रूपमा अमेरिका रहेकोले नै विश्वस्तरीय आकर्षण भएको हो । नवाचार र प्रविधिको क्षेत्रमा अमेरिकाको अन्वेषण विश्वकै पहिलो ल्याब्रोटरी हो । अमेरिकाको बायोटेक क्षेत्र पनि त्यत्तिकै महत्त्वको क्षेत्र हो । पाँचौं अन्तरीक्ष विज्ञानमा अमेरिकाले देखाएको सक्रियता त नासा पुग्नासाथ छक्क परिन्छ । सूचना प्रविधिको क्षेत्रमा अमेरिकाले गरेको विकास विश्वस्तरमा मानक छ । कृत्रिम बुद्धिमतालगायतका क्षेत्रमा अग्रणी भूमिका गर्दै आएको सर्वविधितै छ । स्टार्टअप संस्कृति र जोखिम लिने मानसिकताले पनि अमेरिका विश्व नागरिकका लागि पहिलो गन्तव्य र सपना बनेको हो ।
छैटौं अंग्रेजी भाषाको वैश्विक प्रभाव त्यत्तिकै छ । भाषा बोली विनिमयको माध्यम मात्र हैन । यो त आधुनिक विचार, ज्ञान, विज्ञानको सटही माध्यम पनि हो । विज्ञान र प्रविधि अंग्रेजी भाषाको अंक र अक्षरबाटै सञ्चालित हुन्छन् । सातौं व्यक्तिगत स्वतन्त्रता र कानुनी व्यवस्था, अभिव्यक्ति स्वतन्त्रता, सम्पत्तिको अधिकार, र अपेक्षाकृत बलियो संस्थागत संरचनाले विश्वभर आकर्षण सिर्जना गरेकै हो । भूराजनीतिक र सैन्य प्रभाव विश्वमा अमेरिकी प्रभाव, सुरक्षा छाता, र कूटनीतिक शक्तिले अप्रत्यक्ष रूपमा अर्काे आकर्षण पनि थपेको छ ।
अन्त्यमा यति आकर्षण हुँदाहुँदै पनि उदाउँदो नयाँ विश्व व्यवस्थाले आउने शताब्दीमा पनि अमेरिकाको यही आकर्षण रहिरहने सम्भावना पनि त्यत्तिकै मात्रामा कम हुँदै गएको छ । साम्राज्यवादी विश्व गुरु यतिखेर अनन्त ओरालो अर्थतन्त्रमा डुबेको छ । एक प्रकारको मनोसामाजिक असमञ्जस्यमा यहाँका मानिसहरु पुगिसकेका छन् । आखिर देश भनेको ठूलो आकार प्रकारको भूगोलमात्र हैन त्यहाँ रहने जनसमुदायको उन्नयन पनि त हो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।