माङसेबुङ ।

इलामको माङसेबुङ गाउँपालिकाले भोटेकोशी बाढीबाट पीडितको उद्धार, राहत तथा पुनस्र्थापना कार्यका निम्ति २२ लाख ७ हजार ३९५ रुपैयाँ सहयोग गर्ने भएको छ ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले बिहीबार जारी गरेको विज्ञप्तिमा सो रकम सहयोग गर्ने निर्णय भएको उल्लेख छ ।

बुधबार बसेको कार्यपालिका बैठकले पालिकाअन्तर्गतको विपद् कोष, जनप्रतिनिधि र कर्मचारीको १ महिनाको तलब महिला लक्षित कार्यक्रम (तीज विशेष कार्यक्रम)को गरी २२ लाख ७ हजार ३९५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्