रसुवाको भोटेकोशी हुँदै अघिल्लो बुधबार आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या एक हजार २५२ पुगेको छ ।

आज बिहानसम्म सो संख्यामा शव फेला परेको प्रहरीले जनाएको छ । जसमा ३४ बालक, ४४ बालिका, २४८ महिला, ४१६ पुरुष रहेका छन् । ४२८ आंशिक अंग भेटिँदा ८२ को पहिचान खुलेको छैन । 

प्रहरीका अनुसार आफन्त नभेटिएका ८९७ शव जमिनमा गाडिएको छ । शव पहिचानका निम्ति एक हजार ७३४ जनाको डिएनए संकलन गरिएको छ । बाढीमा सम्पर्कविहिनको संख्या चार हजार ८७५ पुगेको छ । त्यसमध्ये ६०१ विदेशी रहेका छन् । २५ जना प्रहरी कर्मचारी पनि बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्