कमल कुमार घिमिरे

सहकारी भनेको ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावनामा आधारित साझा उद्देश्य प्राप्तिका लागि गठन गरिएको सदस्य केन्द्रित वित्तीय कारोबार गर्ने संस्था हो । खासगरी ग्रामीण बैंकको रूपमा वित्तीय पहुँच पु¥याउन, वचत गर्ने बानीको विकास गर्न, साना व्यवसायी र उद्यमीलाई बिना धितो वा सरल धितोमा ऋण प्रवाह गरी आत्मनिर्भर बनाउन सहकारी क्षेत्रको भूमिका अतुलनीय छ ।

सूचना र प्रविधिको क्षेत्रमा आएको निर्विकल्प परिवर्तनले नेपालको बैंकिङ र वित्तीय क्षेत्रमा व्यापक रूपमा परिवर्तन ल्याएको छ । र, यो परिवर्तनसँगै सहकारी क्षेत्र पनि अछुतो रहन सकेको छैन । ढड्डा र लेजर लेखेर, भौचर भरेर सदस्यको हिसाब राख्ने अवस्थाबाट सहकारीहरु पनि क्रमशः बैंकिङ सफ्टवेर, मोबाइल एप र डिजिटल प्रणालीतर्फ अग्रसर हुँदैछन् । समयको गति वा प्रविधिमा आएको परिवर्तनको गतिसँगै बैंक, वित्तीय संस्थाले दिइरहेको सुविधा नै सहकारीबाट सदस्यले पनि खोज्ने हुनाले छिटो छरितो र भरपर्दो सेवा प्रवाह गर्न अब सहकारीहरुले प्रविधि अँगाल्नुको विकल्प छैन । तर सहकारी संस्थाहरुले प्रविधि अँगालिरहँदा त्यसबाट अवसर र चुनौतीको सामना सँगसँगै गर्नुपरिरहेको हुन्छ ।

अवसरहरु :

सहकारी संस्थाहरुले अवलम्बन गरिरहेका कोर बैंकिङ सिस्टम ९ऋयचभ द्यबलपष्लन क्यातधबचभ०, मोबाइल बैंकिङ र स्मार्ट एप्स ९ःयदष्भि द्यबलपष्लन बलम क्mबचत ब्उउक०, ट्याब्लेट बैंकिङ वा घरदैलो सेवा ९ःयदष्भि द्यबलपष्लन ायच ऋयििभअतयचरत्बदभितक०, एसएमएस बैंकिङ ९क्ःक् द्यबलपष्लन ब्भिचतक०, अनलाइन सदस्यता र ऋण आवेदन ९इलष्लिभ ःझदभचकजष्उ बलम ीयबल ब्उउष्अिबतष्यल०, अन्तर सहकारी भुक्तानी र एटिएम ९क्ष्लतभच ऋय(यउभचबतष्खभ एबथmभलतक बलम ब्त्ः०, त्तच् क्अबलष्लन एबथmभलतक र टेलर सेवा जस्ता प्रविधि प्रयोगले कार्यशैलीमा मात्र परिवर्तन ल्याएको छैन । यसले सहकारीको विकास, विस्तार र प्रवद्र्धनका लागि असीमित अवसरहरु पनि सिर्जना गरिदिएको छ ।

प्रविधि प्रयोगले ल्याएका अवसरहरुलाई तपशिल बमोजि ब्याख्या गर्न सकिन्छ –

१. कार्यकुशलता र उत्पादकत्वमा बृद्धि :

घण्टौ लगाएर गरिने कामहरु प्रविधिबाट गर्दा थोरै समयमा सम्पन्न हुने र बचत भएको समय व्यवसाय प्रवद्र्धन, सदस्य सम्बन्ध सुधार र नवीनतम योजना निर्माण, खोज र अनुसन्धानमा लगाउन पाइने हुनाले समग्र उत्पादकत्व बढाउन सकिन्छ ।

२. सदस्य सेवामा सुलभता र सन्तुष्टि :

मोबाइल बैंकिङमार्फत २४सै घण्टा सेवा लिन सकिने र जहिले र जहाँसुकैबाट सेवा लिन पाइने भएबाट छिटो र पारदर्शी सेवा पाउँदा सहकारीप्रतिको सदस्यको बुझाइ थप सकारात्मक बन्दछ ।

३. वित्तीय पारदर्शिता र सुशासन :

प्रविधिको प्रयोगले आर्थिक कारोबारलाई पारदर्शी बनाउँदछ । सफट्वेरमा गरिएका हरेक प्रविष्टिहरु डाटावेसमा सुरक्षित रहन्छन् र कसले ? कहिले ? के काम गर्यो ? भन्ने अडिट ट्रायल देखिने भएकोले आन्तरिक हिनामिना, किर्ते र बदमासी रोक्न सहयोग पु¥याउँदछ र संस्थालाई सुशासनमा सञ्चालन गर्ने वातावरण बन्दछ ।

४. सञ्चालन खर्चमा कटौती :

प्रारम्भिक चरणमा प्रविधि जडान गर्दा केही खर्चिलो देखिए पनि कालान्तरमा यसले सहकारीको सञ्चालन खर्चमा ब्यापक कटौती हुन्छ । ठूलाठूला ढड्डा, फारम, स्टेशनरी खरिद गर्नुपर्ने बाध्यता हट्छ । जसले गर्दा तलब, भत्ता र अन्य प्रशासनिक खर्चमा कटौती भइ नाफा वृद्धि हुन्छ । यसका अतिरिक्त डाटामा आधारित निर्णय प्रक्रिया, नयाँ व्यवसाय विस्तार, वित्तीय समावेशीकरण र ग्रामीण विकासमा समेत प्रविधिको प्रयोगबाट टेवा पुग्दछ ।

चुनौतीहरु :

१. उच्च प्रारम्भिक लगानी र मर्मत खर्च :

सहकारीमा राम्रो र सुरक्षित कोर बैंकिङ सफ्टवेर जडान गर्न, मोबाइल एप बनाउन, कम्प्युटर सर्भर र इन्टरनेटको व्यवस्था गर्न ठूलो पुँजीको आवश्यकता पर्दछ । साना र ग्रामीण इलाकामा सञ्चालित संस्थाहरुमा यति ठूलो लगानी गर्ने क्षमता हुँदैन । त्यसका अलावा यस्ता प्रविधिहरु समय–समयमा अपडेट गरिरहनु पर्ने भएकाले मर्मत खर्चसमेत उच्च हुन्छ ।

२. साइबर सुरक्षा र चोरीको जोखिम :

प्रविधि प्रयोग जति व्यापक छ, त्यति नै जोखिम पनि सँगसँगै छ । सिस्टम ह्याक हुने, गोप्य डाटा चोरी हुने, अनाधिकृत रूपमा पैसा गायब हुने जस्ता चुनौती प्रविधि क्षेत्रले भोगिरहेको छ । सहकारीहरुसँग शक्तिशाली एन्टीभाइरस र सुरक्षित सर्वर हुँदैनन् । उच्च जोखिम रहन्छ ।

३. दक्ष जनशक्तिको अभाव :

प्रविधि चलाउनका लागि प्रविधि बुझेका र वित्तीय ज्ञान भएका दक्ष जनशक्ति आवश्यक पर्दछ । सहकारी क्षेत्रमा काम गर्ने धेरैजसो पुराना कर्मचारीहरु परम्परागत लेखा प्रणालीमा अभ्यस्त छन् । नयाँ प्रविधि र सफ्टवेरमा अभ्यस्त हुँदैनन् भने प्रविधिको क्षेत्रमा पढेका दक्ष युवाहरु सहकारीमा भन्दा बैंक वा कर्पोरेट क्षेत्रमा कम गर्न रुचाउँछन् । दक्ष जनशक्ति नहुँदा प्रविधि किनेर पनि त्यसको सही सदुपयोग नहुन सक्छ ।

४. सदस्यहरुमा डिजिटल साक्षरताको कमी :

सहकारीका अधिकांश सदस्यहरु ग्रामीण क्षेत्रमा बसोबास गर्ने, वृद्धवृद्धा, साना किासन र कम शिक्षित हुने गर्दछन् । जसले गर्दा मोबाइल बैंकिङ एम प्रयोग गरेर सुरक्षित रूपले आर्थिक कारोबार गर्न सक्ने क्षमताको कमी हुन्छ । कतिपय सदस्यहरुले आफ्नो अकाउन्टको पासवर्ड अरुलाई भनिदिने, ओटीपी सेयर गर्ने सम्भावना बढी छ । जसबाट उनीहरु ठगिने र प्रविधिको अविश्वसनीयता कायम रहने अवस्था छ ।

साथसाथै पूर्वाधारको अभाव र कमजोर इन्टरनेट, नीतिगत र कानूनी अस्पष्टता, बजारमा उपलब्ध सफ्टवेरहरुको गुणस्तर र सेवामा प्रश्न चिन्ह लाग्ने अवस्था छ ।

निष्कर्ष :

सहकारी संस्थाहरुमा प्रविधिको प्रयोग आजको अनिवार्य आवश्यकता हो । प्रविधिले सहकारीको क्षेत्रमा कार्यकुशलता, पारदर्शीता र उत्कृष्ट सदस्य सेवाका अनेकौँ अवसरहरु सिर्जना गरेको छ । यद्यपी साइबर सुरक्षाको जोखिम, उच्च लागत र डिजिटल साक्षरताको कमी जस्ता चुनौती विद्यमान छन् ।

प्रविधि आफैंमा साध्य होइन, यो त सहकारीको उद्देश्य प्राप्त गर्ने एउटा उत्कृष्ट साधन भने हो ।

(घिमिरे झापा जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व सह–सचिव हुन् ।)

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्