दमक ।

फिफा विश्वकप २०२६ सकिए पनि यसका विविध आयामहरुको चर्चा अझै केही समय रहिरहने छ । नयाँ विश्वकप विजेतासँगै विश्वकपका नयाँ कीर्तिमानी घटना पनि जन्मिएका छन् ।

जहाँ विश्वकप भर कुनै कुनै कारण चम्किएका लियोनेल मेसी, किलियन एम्बाप्पे, रोड्री, उनाइ सिमोन र माइकल ओलिसेलगायत अन्य खेलाडी र प्रशिक्षकले समेत विश्वकप २०२६ लाई केही न केही नयाँ कीर्तिमानी इतिहासमा थपिदिएका छन् ।

विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता : एम्बाप्पे

विश्वकप २०२६ मा समूह चरणदेखि तेस्रो स्थानको लागि भएको फाइनल चरणको खेलसम्ममा फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले २२ गोल गरेर विश्वकप इतिहासकै सर्वाा.धिक गोलकर्ताको कीर्तिमानी थपे । एम्बापेले यो नयाँ कीर्तिमानी बनाउँदै जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान तोडेका हुन् ।

मेसीका ३ कीर्तिमान

लगातार दोस्रो विश्वकप उपाधि जित्न असफल रहे पनि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले एउटै संस्करणमा विभिन्न ३ वटा ऐतिहासिक कीर्तिमान बनाए । विश्वकपमा सबैभन्दा धेरै जित (२३) निकाल्ने खेलाडी बनेका उनी लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान पनि बनाए । यसअघि जस्ट फन्टेन र जाइरजिन्होको नाममा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान थियो ।
विश्वकपमा पेनाल्टी क्षेत्रबाहिरबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानी पनि मेसीकै नाममा गएको छ । यस विश्वपकमा उनले पेनाल्टी क्षेत्रभन्दा बाहिरबाट ७ गोल गरेका थिए ।

ओलिसेको सर्वाधिक असिस्ट

फ्रान्सका माइकल ओलिसेले प्रतियोगिताभर ७ असिस्ट गर्दै एउटै विश्वकप संस्करणमा सर्वाधिक असिस्ट गर्ने नयाँ कीर्तिमान बनाए ।

यसअघि सन् १९७० मा ब्राजिलका महान् खेलाडी पेलेले ६ असिस्ट गरेका थिए । ओलिसेका ७ मध्ये ५ असिस्ट एम्बाप्पेका गोलमा परिणत भएका थिए, जुन अर्को नयाँ कीर्तिमान हो ।

आफ्नै कीर्तिमान तोडे रोड्रीले

स्पेनका कप्तान रोड्रीले प्रतियोगिताभर ७९० वटा सफल पास पूरा गर्दै आफ्नै विश्वकप कीर्तिमान तोडे ।

उनले अघिल्लो विश्वकपमा ६३८ वटा सफल पासको कीर्तिमान बनाएका थिए । सफल बल पासिङ कला सुधार्दै रोड्रीले यस पटक आफ्नै कीर्तिमान तोडेका हुन् । यसअघि यो कीर्तिमान स्पेनकै जाभी (५९९) को नाममा थियो ।
सिमोनको क्लिनसिट र स्पेनको डिफेन्स
स्पेनका गोलरक्षक उनाइ सिमोनले ८ खेलमध्ये ७ खेलमा क्लिनसिट राख्दै विश्वकप इतिहासकै नयाँ कीर्तिमान बनाए ।
स्पेनले प्रतियोगिताभर केवल १ गोल मात्र बेहोर्दै विश्वकप जित्ने टोलीमध्ये सबैभन्दा मजबुत रक्षात्मक प्रदर्शन पनि ग‍र्यो । यसअघि कुनै पनि विश्वविजेता टोलीले २ भन्दा कम गोल खाएको थिएन ।

क्रिस्टियानोको अर्को दुर्लभ उपलब्धि

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विश्वकपका ६ फरक संस्करणमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बने ।
उनले लियोनल मेसीलाई समेत पछि पार्दै अर्काे दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएक हुन् ।

७८ वर्षका प्रशिक्षक

कुरासाओका प्रशिक्षक डिक एड्भोकाट ७८ वर्ष २७१ दिनको उमेरमा विश्वकपमा टोली सम्हाल्ने इतिहासकै सबैभन्दा पाका प्रशिक्षक बने ।

डेसाम्प्स सबैभन्दा धेरै खेलमा प्रशिक्षक

फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले विश्वकपमा प्रशिक्षकका रूपमा २६ खेल पूरा गर्दै जर्मनीका हेल्मुट शोनलाई पछि पारे । उनी विश्वकपमा सबैभन्दा धेरै जित निकाल्ने प्रशिक्षक पनि बने ।

अन्य कीर्तिमान

स्विट्जरल्यान्डका योहान मान्जाम्बी विश्वकपमा बेन्चबाट आएर २ गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने ।
कुरासाओका गोलरक्षक एलोय रुमले इक्वेडरविरुद्ध १६ सेभ गर्दै विश्वकपको एउटै खेलमा सर्वाधिक बचाउ गर्ने कीर्तिमान बराबरी गरे ।

साथै करिब १ लाख ५६ हजार जनसंख्या भएको कुरासाओ विश्वकप खेल्ने इतिहासकै सबैभन्दा सानो जनसंख्या भएको राष्ट्र पनि बन्यो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्