नेपाल महिला टिम काभा भलिबलको सेमिफाइनलबाटै बाहिरिएको छ । इरानसँग सोझो सेटमा ३–० ले पराजित हुँदै नेपाल बाहिरिएको हो । 

पहिलो सेटमा २५–२०,  दोस्रोमा २५–१५ र तेस्रोमा २५–११ ले पराजित हुँदै नेपाल सोझो सेटमा पराजित भएको हो । बलियो इरानले कजाकिस्तानलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

इरानसँग पराजित भएर सेमिफाइनलमा पुगेको कजाकिस्तानले भारतलाई सोझो सेटमा पराजित गरेको छ । अब फाइनलमा इरान र कजाकिस्तान भिड्नेछन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्