दमक ।
जिल्ला प्रशासन कार्यालय झापाले चाडवाडको समयमा आम सर्वसाधारणको भीड हुने बैंक तथा वित्तीय संस्था, सपिङ मल, कम्प्लेक्सलगायतका स्थानहरुमा आन्तरिक सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन जारी गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलबाट जारी ६ बुँदे निर्देशनमा बैंक, वित्तीय संस्था, सपिङ मललगायत व्यवसायिक प्रतिष्ठानहरुले २४सै घण्टा सुरक्षा गार्डको प्रवन्ध गर्नुपर्ने, ती स्थानहरुमा जडान गरिएका सिसी क्यामेराहरु २४सै घण्टा चालु र रेकर्डिङ हुने अवस्थामा राख्नुपर्ने भनिएको छ ।
त्यस्तै, चाडवाडको विदाको समयमा सर्वसाधारणलाई नगद कारोबारमा समस्या हुन नदिन बैंक तथा वित्तीय संस्थाहरुले एटिएम बुथमा पर्याप्त नगद मौज्दात राख्ने र एटिएम मेसिनहरु सुचारु रहने व्यवस्था मिलाउन र कुनै शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालय वा जिल्लास्थित सुरक्षा निकायसँग समन्वय गर्न निर्देश गरिएको छ ।



प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।