दमक । कमल गाउँपालिका–५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत निस्सा (दर्ता प्रमाण) वितरण कार्य सम्पन्न भएको छ।
शुक्रबार र शनिबार गरी दुई दिन सञ्चालन गरिएको निस्सा वितरण कार्यक्रममा वडा समिति, कर्मचारी, जग्गा सहजीकरण समितिका सदस्य तथा टोल विकास संस्थाका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
सार्वजनिक बिदाको दिन शनिबारसमेत जनताको कामलाई प्राथमिकतामा राख्दै निस्सा वितरण कार्यमा खटिएका सबैप्रति कमल–५ का वडाध्यक्ष लालबहादुर बिष्टले आभार व्यक्त गरेका छन्।
भूमि समस्या समाधान आयोगमार्फत भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रियालाई प्रभावकारी बनाउन वडा तहबाट आवश्यक सहजीकरण भइरहेको वडाध्यक्ष बिष्टले बताए।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।