दमक ।
सरकारले हाल चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
भोलि (शुक्रबार) राति १२ बजेदेखि लागू हुनेगरी सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । संविधानतः सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्छन् ।
गत २८ वैशाखबाट सुरु भएको संसद्को चालु अधिवेशनमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा नीति कार्यक्रम, बजेटसँग सम्बन्धित कानुनहरू पारित भए । त्यस्तै, सरकारले संसद् अधिवेशन नचलेको समयमा ल्याएका अध्यादेश चालु अधिवेशनमा स्वीकृत भएका थिए ।
सङ्घीय संसद्मा सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रमले सफलता नपाए पनि यस जारी अधिवेशनमा मन्त्रीहरुसँग प्रश्नोत्तर र जवाफ दिने कार्यमा प्रगति भएको थियो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।