दमक– झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शुक्रबार दमकस्थित कसमिक पार्टी प्यालेसमा सम्पन्न भएको छ।

झापा र मोरङका विभिन्न चार स्थानमा रहेका संस्थाका सेवा केन्द्रहरूलाई एकीकृत गरी साधारणसभा सम्पन्न गरिएको हो। कार्यक्रममा संस्थाका उपाध्यक्ष सञ्जीव रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो।

साधारणसभामा अध्यक्ष बुद्धिसागर बराल ‘बिमल’ले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनअनुसार संस्थाको हालको बचत ९३ करोड रुपैयाँभन्दा बढी रहेको छ। चालू आर्थिक वर्ष २०८३/८४ मा बचतलाई वृद्धि गरी १ अर्ब १५ करोड रुपैयाँ पुर्याडउने लक्ष्य संस्थाले लिएको छ।

त्यस्तै, संस्थाले हाल ९६ करोड रुपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ। चालू आर्थिक वर्षमा लगानीलाई बढाएर १ अर्ब २६ करोड रुपैयाँ पुर्यािउने लक्ष्य राखिएको अध्यक्ष बरालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ।
संस्थाको शेयर पुँजी हाल १० करोड ९३ लाख रुपैयाँ रहेकोमा यसलाई वृद्धि गरी १३ करोड रुपैयाँ पुर्या्उने लक्ष्यसमेत लिइएको छ।

कार्यक्रममा ज्येष्ठ सदस्य तथा पूर्वसञ्चालक तुलसीराम प्रसाइको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथिको मन्तव्य राख्दै प्रसाइले संस्थालाई ऋणमुक्त र सबल सहकारीका रूपमा अघि बढाउन सबै सदस्यले बचत गर्ने बानीलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले कोरोना महामारीको विषम परिस्थितिमा समेत संस्थाले आफ्नो सेवा तथा गतिविधिलाई निरन्तरता दिएको स्मरण गर्दै सस्थाले अझै उन्नति गर्ने बिश्वास व्यक्त गरे।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल गुरागाईंले स्वागत मन्तव्य राख्दै स्वर्णलक्ष्मी सहकारीले स्थानीय आर्थिक गतिविधि तथा उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्यारउँदै आएको बताए । उनले पछिल्लो समय सहकारीका नाममा विभिन्न बिकृतीहरु बढेको भन्दै भन्दै चिन्ता व्यक्तगरे ।

संस्थाले लगानी गरेको रकमको असुलीलाई प्रभावकारी बनाउन प्रचलित कानुनी प्रावधानको पूर्ण पालना गर्ने जनाएको छ। ऋण असुलीलाई प्रभावकारी बनाउन कर्मचारीसहित सञ्चालकहरूको विशेष समिति परिचालन गर्ने योजना संस्थाले अघि सारेको छ। साथै सस्थाले आपतकालिन अबस्थामा तत्काल निर्णय गर्नुपर्ने आवस्यकता लाई मध्यनजर गर्दै , केही अधिकार संचालक समिती लाई प्रत्याजोजन गर्ने निर्णय समेत गरेको छ।

१७ औं साधारणसभाका क्रममा संस्थाले उत्कृष्ट कर्मचारी, पूर्वसञ्चालक, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कारोबारीलाई सम्मानसमेत गरेको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका बुद्धिसागर बरालले गरेका थिए

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्