बैंकको चर्को ब्याजदरले विगतमा व्यवसायीको ‘घाँटी निमोठियो’- बस्नेत

दमक । बैंकको चर्को ब्याजदरका कारण विगतमा व्यवसायीले ठूलो समस्या भोग्नुपरेको दमक उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष भगवान बस्नेतले बताएका छन्।

कामना सेवा विकास बैंकले दमकमा आयोजना गरेको व्यवसायी तथा सरोकारवालासँगको छलफलमा बस्नेतले ८/९ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याज १५/१६ प्रतिशतसम्म पुगेको बताए।

‘बैंकको चर्को ब्याजदरले व्यवसायीको घाँटी निमोठियो,’ उनले भने, ‘अब यस्तो अवस्था दोहोरिनु हुँदैन।’

व्यवसायीका समस्या बुझ्न बैंकले आयोजना गरेको छलफल सकारात्मक रहेको बताउँदै बस्नेतले बैंक र व्यवसायीबीच नियमित संवाद आवश्यक रहेकोमा जोड दिए।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्