दमक ६ स्थित शिखा बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्नो १५ औं बार्शिक साधारणसभा सम्पन्न गरेको छ । आज दमक ६ मा रहेको पशुपति मन्दिरको सभाहलमा आफ्नो १५ औं बार्शिक साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइराला प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा, शिखा साकोसका संस्थापक अध्यक्ष पृतम लिङ्देन लिम्बू सुर्यमुखि सहकारी को अध्यक्ष चुडामणि ओझाको उपस्तिथि रहेको थियो।

यसअघि संस्थाले गौरादह सेवा केन्द्रमा इकाई–१ अन्तर्गत वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाका प्रमुख व्यवस्थापक तुलसी राजवंशीले जानकारी दिए। उनका अनुसार सहकारीको सिद्धान्तअनुसार शेयर सदस्यलाई लक्षित गरी अवलोकन भ्रमण, वार्षिकोत्सव, रक्तदानलगायत विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

साधारणसभाको अवसरमा संस्थाले दुई दर्जनभन्दा बढी ज्येष्ठ नागरिक शेयर सदस्य, बाल बचतकर्ता तथा कर्मचारीलाई सम्मान गरेको थियो। सम्मान कार्यक्रमको सञ्चालन संस्थाका सचिव तीर्थराज राईले गरेका थिए।

संस्थाको अध्यक्ष तेज कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको शेयर पुँजी रु. ३ करोड ४ लाख ३२ हजार ९ सय पुगेको छ। त्यस्तै कुल बचत रु. ३४ करोड ६ लाख २४ हजार ६ सय ३३ रुपैयाँ ४३ पैसा, कुल ऋण लगानी रु. ३२ करोड १२ लाखभन्दा बढी तथा कुल सम्पत्ति रु. ४० करोड ६१ लाख ५० हजार १९ रुपैयाँ ४० पैसा रहेको विवरण प्रस्तुत गरिएको छ।

संस्थाको तरलता २३.४५ प्रतिशत रहेको छ भने संस्थामा २ हजार ८ सयभन्दा बढी शेयर सदस्य र ४ सय ६१ ऋणी सदस्य रहेको आर्थिक विवरणमा उल्लेख छ।

साधारणसभामा संस्थाको आर्थिक अवस्था, सदस्य संख्या, ऋण लगानी, बचत तथा आगामी कार्ययोजनाका विषयमा समेत समीक्षा गरिएको थियो। व्यवस्थापक राजवंशीले सदस्यको आर्थिक तथा सामाजिक हितलाई केन्द्रमा राख्दै आगामी दिनमा समेत वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बताए।

सस्थाले यसपाली बाट आफ्ना कर्मचारीहरुको सेवा सुबिधा बढाएको छ ! अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिबेदन अनुसार बढ्दो महँगी , कर्मचारीहरुको मेहेनत र लगनशीलता तथा आवस्यकता लाई मध्यनजर गर्दै , सेवा सुबिधा थपगरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्