दमक ।
ताप्लेजुङको दोभान बजार आगलागीमा परी १० वटा घरमा क्षति पुगेको छ ।
बिहीबार दिउँसो स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत सर्ट भएर सुरुभएको आगो तत्काल निभाउन नसक्दा ७ वटा घर जलेर पूर्ण ध्वस्त भएका हुन् भने थप ३ वटा घरमा पनि ठूलो क्षति पुगेको ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिएका छन् ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालित थिए भने स्थानीयले पनि मद्दत गरेका थिए ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।