दमक ।
पार्टी विभाजनको हल्लाबीच नेपाली कांग्रेसको १५ औं महाधिवेशनले गति लिएको छ ।
अदालती फैसलाबाट महाधिवेशन रोक्न असमर्थ शेरबहादुर देउवा पक्षधरको अलग पार्टी घोषणा गर्ने तयारीका बीच नेपाली कांग्रसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार ५१२ वटा स्थानीय तह (गाउँ–नगर) अधिवेशन सम्पन्न भएको हो ।
१५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन भएकोहो ।
अधिवेशन हुन बाँकी रहेका २४१ पालिकामा बिहीबार र शुक्रबार अधिवेशन प्रक्रिया सुचारु हुने निर्वाचन समितिले जनाएको छ ।
बुधबार नै विज्ञप्ति जारी गरेर समितिले बिहीबारदेखि भारी वर्षा हुने पूर्वानुमान रहेकोभन्दै निर्वाचन अधिकृतहरूलाई आफू मातहतका पालिका, प्रदेशसभा र प्रतिनिधिसभाको अधिवेशन अनुकुल समय मिलाएर गर्न निर्देशन दिएको हो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।