दमक ।
जनता समाजवादी पार्टी, नेपालको पार्टी समायोजनपछिको पहिलो केन्द्रीय समिति बैठक १ हप्तापछि धकेलिएको छ । बैठक असोजको २१, २२ र २३ गतेलाई सारिएको हो ।
जसपा नेपालको केन्द्रीय समिति बैठक यसअघि असोजको १३, १४ र १५ गते हुने तय भएको थियो ।
नेपाल सरकार मौसम विज्ञान विभागबाट भारी वर्ष, बाढी तथा पहिरो आउन सक्ने र विभिन्न स्थानमा सडक तथा याताायत अबरुद्ध हुन सक्ने सम्भावनासहितको सूचना प्राप्त भएको कारण बैठक मिति पछाडि धकेलिएको पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबाट जारी पत्राचारमा उल्लेख छ ।
केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति सदस्यहरुलाई सो बारे जानकारी गराइएको जसपा नेपालले जनाएको हो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।