दमक ।

मुख तथा दाँत रोगका विशेषज्ञ डाक्टर सोफिया थुलुङ शनिबार सम्मानित भएकी छन् । किरात राई यायोक्खा झापाको ९वौँ अधिवेशनको उद्घाटनसत्रमा आयोजित एक समारोहका बीच डा. थुलुङलाई सम्मानित भएकी हुन् ।

दन्त चिकित्सक थुलुङलाई स्वास्थ्य सेवामा लामो समयदेखि योगदान गरेको भन्दै यायोक्खा झापाले साे अवसरमा सम्मान गरेको हो ।

यायोक्खा झापाका अध्यक्ष गणेश राईसहित अधिवेशन समारोहका प्रमुख अतिथि यायोक्खा केन्द्रिय अध्यक्ष जीवन हताछो राईले पगरी गुथेर सम्मानपत्रसहित उनलाई सम्मान गरिएको थियो ।

थुलङ दमकस्थित लाईफलाइन अस्पतालमा दन्त रोग विशेषज्ञका रूपमा कार्यरत हुन् भने उनले दमक थुलुङ डेन्टल केयर सेन्टरसमेत सञ्चालन गर्दै आएकी छिन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्