दमक ।

झापाको दमकमा शनिबार कृष्ण जन्माष्ठमीको रथयात्रा भव्यताका साथ सम्पन्न भएको छ ।

दमक ७ को राधाकृष्ठ मन्दिरबाट सुरु भएको रथयात्रा इलाका प्रहरी कार्यालय दमक हुँदै गोल्डेन गेटमा पुगेर हण्डी फोर्दै दमक ६ को शंखधर चोक पुगेको थियो ।

शंखधर चोकबाट भृकुटी चोक हुँदै रातोपुलबाट फाल्गुनन्द चोक पुगेर पुनः हण्डी फोरेको थियो ।

रथयात्रामा सयौँ मानिस सहभागी थिए ।

नेवार समुदायले लाखेसहित उल्लेखनीय सहभागिता जनाएको रथयात्रामा विभिन्न सामाजिक र धार्मिक संघसंस्थाले ब्यानरसहित सहभागिता जनाएका थिए ।

तस्वीरमा रथयात्रा –

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्