दमक ।
दमक जेसीजले जेसीज सप्ताहअन्तर्गत समुदायमा प्रत्यक्ष लाभ पुग्ने विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
भोलि बुधबारदेखि दमक जेसीजले सप्ताहव्यापी गर्ने कार्यक्रमबारे अध्यक्ष राजेन्द्र बिमलीले जानकारी दिएका हुन् ।
सप्ताहअन्तर्गत पाणिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई दुर्घटना बीमा गरिदिने, किओच बाल अस्पतालमा सार्वजनिक पुस्तकालय हस्तान्तरण, दमक ७ को स्वास्थ्य केन्द्रलाई रेफ्रीजेटर प्रदान गर्नेलगायतका कार्यक्रमहरु तय गरिएको अध्यक्ष बिमलीले बताए ।
यस्तै, खुला ब्याडमिन्टन प्रतियोगिता, विद्यालयका बस चालक तथा सहचालकलाई ट्राफिक सचेतना लगायतका कार्यक्रम सञ्चालन गरिने छ ।
दमक जेसीजले सप्ताहलाई औपचारिकतामा सीमित नराखी समुदायको आवश्यकता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यक्रम तय गरेको बताइएको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।