दमक ।

आन्दोलन घोषणा गरेको जेनजी समूह राहत कार्यमा जुटेको छ । कमन जेनजी नेपाल नामक संस्थाका नाउँबाट आउँदो भदौ २३ गते काठमाडौंमा गर्ने भनिएको पूर्वनिर्धारित संघर्षका कार्यक्रम स्थगित गरेर राहत तथा उद्धारमा कार्यमा जुटेको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि कमन जेनजी राहत सामग्रीसहित नुवाकोट पुगेको हो ।

कमन जेनजी नेपालका अध्यक्ष विकेश साहनेतृत्वको युवा टोली २ गाडी अत्यावश्यक औषधि र खाद्यान्न सामग्रीसहित मंगलबार नुवाकोट पुगेका हुन् ।‘यसअघि हामीले भदौ २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेका थियौँ । तर संघर्षका सम्पूर्ण कार्यक्रम स्थगित गरेर अहिले बाढीपीडितको राहत तथा उद्धारमा जुट्ने निर्णय गरेका छौँ,’ साहले भने, ‘अत्यावश्यक औषधि र खाद्यान्न सामग्री लिएर नुवाकोट पुगेका छौँ ।’

बाढी आएको भोलिपल्टै नुवाकोट पुगेका जेनजी युवाहरू पुनः राहत सामग्री लिएर प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि पुगेका हुन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्