दमक ।
गत बुधबारको रसुवा बाढीका कारण ज्यान गुमाउनेको संख्या ९३९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्म ९३९ जनाको शव फेला परेको हो ।
प्राधिकरणले चितवनमा २७९, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८ जनाको शव भेटिएको जनाएको छ । त्यस्तै नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव भेटिएको हो ।
सोमबार साँझसम्मको तथ्यांकअनुसार अझै ३ हजार ९२५ जना मानिस बाढीका कारण सम्पर्कविहीन रहेका छन् ।
प्राधिकरणले सोमबार साँझसम्म उद्धार गरेका मानिसको संख्या ११ हजार ३७९ जना रहेको र ती मध्ये २७९ जना घाइते भएको बताइएको छ । घाइतेमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
उद्धार कार्यमा ७ हजार ९०९ जना नेपाली सेना, ८ हजार ८९६ जना नेपाल प्रहरी र ४ हजार २०३ जना सशस्त्र प्रहरी बल खटिएका छन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।