दमक ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । आइतबार दिउँसो १ बजेसम्ममा उद्धार टोलीले ७५२ जनाको शव फेला पारेको हो ।
राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार उद्धार कार्यमा खटिएको सुरक्षाकर्मीलगायतको टोलीले हालसम्म ८ हजार ७३० जनाको उद्धार गरेको प्राधिकरणले जानकारी दिएको छ ।
बाढीमा परी २ हजार ५०२ जना मानिस अझै सम्पर्कविहीन रहेका बताइएको छ ।
२६१ विदेशी पर्यटकको सकुशल उद्धार

रसुवाको भोटेकोशीमा गएको बाढीमा परी हराएकामध्ये उद्धार टोलीले विभिन्न देशका २६१ जना पर्यटकहरुको उद्धार गरेको छ । बाढीमा परेका ३२० पर्यटक अझै सम्पर्कविहीन छन् ।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबारसम्म विभिन्न १६ वटा मुलुकमा २६१ विदेशी पर्यटकको उद्धार भएको हो । ३२० पर्यटक हराइरहेका छन् ।
उद्धार गरिएकामा देश र परिचय नखुलेका २१ पर्यटकसहित भारतका १६७, चीनका ४०, बेल्जियमका १, बुल्गेरियाका १, जर्मनीका ४, इटालीका ३, माल्टाका ४, ओमानका १, पोर्चुगलका १, रसियाका २, स्पेनका २, स्वीजरल्यान्डका २, टर्कीका २, युक्रेनका ८ र अमेरिकाका ३ जना रहेका बोर्डले जानाएको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।